आज :

भालुको आक्रमणबाट घाइते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

संखुवासभा । मकालु गाउँपालिका-२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गत आइतबार भालुको आक्रमणबाट घाइते भएका मकालु-२ का १४ वर्षिय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

जंगलमा टिमुर टिप्न गएका नुर्बलाई भालुले आक्रमण गर्दा टाउको र खुट्टामा गहिरो चोट लागेर गम्भीर घाइते भएका छन् ।
उनको मकालु स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि हेलिकप्टरमा मंगलबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

मकालु गाउँपालिका राष्ट्रिय निकुञ्ज भएका कारण जंगली जनावरको आंतक बढेको स्थानियको भनाइ छ । निकुञ्जका जंगली भालुको आक्रमणबाट यसै वर्ष मात्र आधा दर्जन भन्दा बढी मनिसहरु घाइते भइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal