आज :

नमोबुद्धमा एक दम्पतीको क्षतविक्षत शव फेला

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका-८ डराउने पोखरी तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् ।

चिया पसल सञ्चालन गर्दै आएका ५५ वर्षिय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षिय रुकु श्रेष्ठ मृत फेला परेको प्रहरीले जानकारी गराएको छ ।

क्षतविक्षत शव सिरकले छोपेको अवस्थामा भेटिएको छ । घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा रहेएको छ । घरमा नै चियापसल सञ्चालन गर्दै आएका दम्पतीले घरेलु मदिरासमेत बिक्री गर्दै आएका थिए ।

छिमेकीका अनुसार राति ८ बजे खाना खाएर सुत्न गएका थिए । पसलमा मदिरा सेवन गर्न अबेर आएकाहरुले विवाद हुँदा हत्या गरेको प्रहरीको आशंका छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal