News Portal

  • आज राती आठ खेल हुने

    २९६ पटक

    काठमाडौं । आज युरोपियन च्याम्पियन्स लिग फुटबलमा ८ खेल हुदैछ ।

    समुह ‘ई’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले बेल्जीयमको गेन्कसँग खेल्दा इटालीको नापोलीले अष्ट्रियाको रेडबुल साल्जबर्गको सामना गर्ने भएको छ ।

    समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोना र चेक गणतन्त्रको स्लाभिया प्राग तथा जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको इन्टर मिलान भिड्ने छन् । समूह ‘जी’ मा रुसको जेनिथ र जर्मनीको लेप्जीग तथा फ्रान्सको लियों र पोर्चुगलको बेनिफिकाबिच भिडन्त हुनेछ ।

    यसैगरी समूह ‘एफ’ मा इंग्ल्याण्डको चेल्सीले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग खेल्दा स्पेनको भ्यालेन्सिया र फ्रान्सको भिड्ने छन् ।

    प्रतिकृया दिनुहोस्