आज :

टेरेनन् मेडिकल कलेज संचालकले, प्रकाश चन्द भन्छन्,- अब काठमाडौँ केन्द्रीत आन्दोलन

काठमाडौँ । चिकत्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्न लागेको बताए । उनले मेडिकल कलेज संचालकहरुले सरकारको निर्देशन र आफूहरुसँग भएको सहमतिलाई ठाडै चुनौती दिएकोले थप संघर्षका कार्यक्रम गर्नु परेको बताए ।

निर्देशनको अस्वीकार गर्दा समेत पनि सरकार चुप लागेर बसेको आरोप लगाउँदै भने, “यो सरासर लाजमर्दो कुरा हो, एक महिनाको अल्टिमेटमसहितको निर्देशनलाई धोती लगाउँदा पनि सरकार मौन बसेको छ ।” उनले मेडिकल संचालकहरुको मनपरीविरुद्ध फेरि आन्दोलन चर्काउने चेतावनी दिए ।

काठमाडौं केन्द्रीत कार्यक्रमअनुसार आज (मंगलबार) दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शनको आयोजना गरिएको छ ।

मेडिकल संचालकहरुले सरकारीको निर्देशनलाई टेरेका छैनन् । बढी लिएको शूल्क फिर्ता गर्न सरकार दिएको एक महिनाको समय बितेर पनि दुईहप्ता भइसकेको छ ।

मेडिकल कलेज संचालकहरुले सरकारी निर्देशनको ठाडै उलंघन गरेका मात्रै छैनन् । चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययन संघर्ष समितिसँग गरेको सहमति पनि कार्यान्वयन गरेन ।

असोज ६ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क फिर्ता गर्न मेडिकल संचालकहरुलाई एक महिने अल्टिमेटम दिएको थियो । एक महिनाभित्र फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी समेत दिइएको थियो ।
मेडिकल कलेज संचालकहरुले केही दिन पहिले केही पत्रकारहरुलाई बोलाएर आफूहरुले शूल्क फिर्ता नगर्ने उल्टै चुनौती दिएका छन् । बरु आगामी शैक्षिक सत्रबाट नयाँ भर्ना नलिने भन्दै सरकारलाई उल्टै चेतावनी दिएका छन् ।

त्यस्तै चितवनस्थित चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच असोज ४ गते भएको सहमति पनि कार्यान्वयन भएन । बढी शूल्क फिर्ताको माग गर्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलनमा थिए ।

जिल्ला प्रशासन चितवनको रोहबरमा चिकित्सा शिक्षा संघर्ष समिति र कलेजबीच बढी शूल्क ३० दिनमा फिर्ता गर्ने सहमति भएको थियो । बार्तामा शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदललाई असोज १० गतेको समय दिइएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal