आज :

हाइड्रोको सुरूङभित्र फसेका ४ मजदुर मध्ये ३ को शव फेला, एक जना अझै अज्ञात

बझाङ । निर्माणाधीन कालंगा हाइड्रो प्रा.लिको सुरूङभित्र फसेका मजदुरमध्ये ३ जनाको शव फेला परेको छ ।

सोमबार उद्धारका लागि गएको सशस्त्र प्रहरीको विशेष टोलीले सुरुङको प्रवेशद्वारबाट करिब एक किमि पर ३ ओटा शव फेला पारेको हो । बुंगल नगरपालिकामा निर्माण भइरहेको सो हाइड्रोमा आइतबारदेखि ४ मजदुर फसेका थिए ।

अर्का एक मजदुरको अवस्था अझै अज्ञात रहेको जनाइएको छ । सशस्त्रको उद्धार टोलीले ३ शव फेलापारे पनि शव भने बाहिर निकालिएको छैन । निकाल्ने प्रयास जारी छ । उद्धारकार्य भइरहेको छ ।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ४ जना र दिपायलबाट ५ जना गरी ९ जनाको उद्धार टोली सोमबार दिउँसो घटनास्थल पुगेको थियो । आइतबार दिउँसो सुरूङभित्र पसेका ६ जना मध्ये २ जना आइतबारै बाहिर निस्किएका थिए ।

सुरूङभित्र गएका २ जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका र ४ जनाको अवस्था आइतबारदेखि अज्ञात रहेको थियो ।

सुरुङभित्र फस्नेमा दैलेखको गुराँस गाउँपालिका-३ घर भएका ३२ वर्षिय महेन्द्र शाही, सो ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका-६ का २८ वर्षिय महेन्द्र साउँद र बझाङको बुंगल नगरपालिका-१ का ३५ वर्षिय शेरसिंह धामी रहेका छन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । बझाङ सदरमुकाम चैनपुरबाट घटनास्थल पुग्न गाडीमा करिब ६ घण्टा लाग्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal