आज :

सुकुटे बस दुर्घटना, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सोमबार दुई जनाको शव फेलापरेसँगै मृतकको संख्या १९ पुगेको हो । सोमबार सुनकोसी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एक जनाको शव घटनास्थलबाट केही तल मात्रै भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार शव भेटिएका दुई जनाको परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । आइतबार मृत्यु हुनेमा एक पुरुष, सात महिला, ६ बालक र तीन बालिका रहेका थिए । आइतबार मृत्यु भएका १७ जनाकै सनाखत भइसकेको छ ।

दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको धुलिखेल अस्पतालमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

अरु घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ । आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नं.को बस सुनकोसी नदीमा खसेको थियो ।

बसमा ६५ भन्दा बढी यात्री सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट करिब १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal