आज :

श्रीमतीलाई उम्लदै गरेको माछाको झोलमा डुबाएर, फरार

सिन्धुली । आफ्नै श्रीमानले श्रीमतीलाई माछा तारेको तातो झोलमा डुबाउदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

दुधौली नगरपालिका-४ डकाहाका ३० वर्षिय आशा सदा गम्भीर घाइते भएकी हुन् । श्रीमान रितु सदाले विनाकारण आशालाई कराईमा उम्लदै गरेको माछाको तातो झोलमा डुबाएका थिए ।

माछाको झोलमा डुबाएर अनुहार भरी पोलेपछि गम्भीर घाइते भएकी सदालाई श्रीमानले ढोका थुनेर कतै जान नदिई घरमा नै बन्दक बनाएका थिए । स्थानीय स्वास्थ्य संस्थामा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ ।

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले खान बस्न र उपचार खर्च निःशुल्क रहेको जानकारी दिए । उनले भने,‘अत्यन्तै विपन्न रहेका सदाको उपचारका लागि अस्पतालले व्यवस्था गर्ने छ र यदि त्यतिले पनि पुग्दैन भने व्यक्तिगत रुपमा पनि सहयोग गर्न तयार रहेको बताए ।

उनको सिन्धुली अस्पतालमा उपचार हुन नसकेको खण्डमा मानवीय सेवामा काम गर्ने संस्थाहरु खोजिरहेको र उनलाई तत्कालै शिक्षण अस्पताल काठमाडौं लगेर उपचार गरिने व्यवस्था समेत मिलाएको बताए ।

अनुहारभरी पोलेकाले सिन्धुलीमा उपचार सम्भव नहुने चिकित्सकले बताएका छन् । श्रीमतीलाई घाइते बनाएर भागेका सदालाई प्रहरीले खोजी गर्दैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal