News Portal

  • स्थानीय र प्रहरीबीच झडप, ९ राउण्ड अश्रु ग्यास प्रहार

    २१३ पटक

    बनेपा । ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

    झडप हुँदा प्रहरीसहित ८ जना घाइते भएका छन् । बनेपा ९ मा प्रहरी र स्थानीयबीच झडप भएको हो । फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको प्रहरीले बताएको छ ।

    नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याक हो लोडर जबरजस्ती लैजान खोजेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए ।

    स्थानीय प्रतिरोधमा उत्रिएपछि दोहोरो झडप भएको र झडपमा स्थानीय ५ र प्रहरी ३ जना घाइते भएका छन् । झडपमा प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घाइतेको टाउकोमा चोट लागेको बनेपा नगरपालिकाका प्रमुख मेयर लक्ष्मी नरसिंह बादेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्