
काठमाडौं । मन्त्रिपरिषदको बैठक मध्यान्न साढे १२ बजेदेखि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको छ । यसअघि आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो ।
यस्तै, आइतबारको मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।
आइतबार सचिवालयको बैठक लम्बिएका कारण सोमबारका लागि सारिएको बताइएको छ । आज (सोमबार) पनि नेकपा सचिवालय बैठक सकिएपछि मन्त्रिपरिषद बैठक बस्ने बताइएको छ । बैठकमा नयाँ प्रदेश प्रमुख नियुक्तिको एजेण्डा प्रमुख रहने बताइएको छ ।