आज :

लेष्टर सिटी क्रिष्टल प्यालेसलाई हराउँदै तेस्रो स्थानमा

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

क्रिकष्ट प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली लेष्टर सिटी २-० ले जित्यो । खेलमा लेष्टर सिटीलाई विजयी गराउन सेग्लार सोयुन्चु र जेमी भार्डीले १-१ गोल गरे ।

जितसँगै लेष्टर सिटीले ११ खेलबाट २३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीलाई उछिनेको छ । दुवै टोलीको समान २३ अंक भएपनि गोल अन्तरको आधारमा लेष्टर तेस्रो तथा चेल्सी चौथो स्थानमा छ ।

शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ । २५ अंकका साथ म्यान्चेस्टर सिटी दोस्रोमा छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा गएराती एभर्टन र टोटनह्याम हट्सपरले १-१ गोलको बराबरी खेले ।

टोटनह्यामका डेले अलीले पहिलो गोल गरे पनि एभर्टनका सेन्क टोसुनले इन्जुरी समयमा एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal