आज :

सुनकोशी नदीमा डुबेको बस तानेर बाहिर निकालियो

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका-९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो । बस खसेको देखेपछि र्याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए ।

उनीहरुले बस खसेपछि सुनकोशीले बगाउँदै गरेका केही यात्रुलाई पनि उद्धार गर्न सफल भएका छन् । नदीमा डुबेको बसलाई टुचिङले तानेपछि किनारमा निकालिएको छ ।

उद्धारका क्रममा केही शव बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । बा २ ख ७२४५ को बस सुनकोशीमा खसेको डिएसपी माधव काफ्लेले जानकारी दिए । अहिलेसम्म ५ जनाको शव झिकिएको छ ।

करिब ८-९ जना घाइतेको उपचारको लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको उनले बताए । बसमा ३५ देखि ४० जना यात्रु सवार रहेको अनुमान गर्दा १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

मृतकको सनाखत हुन सकेको छैन । शव खोलाबाट निकाल्ने क्रम जारी छ । बस नदीमा पूरै डुबेको हुनाले सुरुमा उद्धारमा समस्या भएको थियो । नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्दार भइरहेको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने घटनास्थलबाट बलेफी गाउँपालिका–८ का वडाध्यक्ष चरीबहादुर तामाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal