
काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।
शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार बस सुनकोशी नदीमा खसेको छ । चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।