आज :

प्रधानमन्त्री ओली एक्सरे गरेर बालुवाटार फर्के, मन्त्रिपरिषद बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

यसअघि प्रधानमन्त्रीको धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गर्न बालुवाटारबाट प्रधानमन्त्री निस्किएको बताइए पनि उनी ग्राण्डी नगएर त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गएका थिए ।

त्यहाँ प्रधानमन्त्रीको एक्सरे गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले त्रिवि शिक्षण अस्पतालमा एक्सरे गरेर प्रधानमन्त्री बालुवाटार फर्केर मन्त्रिपरिषदको अध्यक्षता गरिरहेको जानकारी दिएका छन् ।

उनको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको हो । त्यहाँ प्रधानमन्त्रीको मुटुको पनि चेकजाँच गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal