News Portal

  • जमाल शाह पक्राउ

    ३०५ पटक

    कपिलवस्तु । मूर्ति विर्सजन गर्दा अवरोध गरेको आरोपमा जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

    लक्ष्मीपुजाको मूर्ति विसर्जनका क्रममा एक जनाको ज्यान जाने गरी भएको घटनामा दोषी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    कृष्णनगर बजारमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा कृष्णनगरमा विवाद भएको थियो ।

    प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षिय सुरजकुमार पाण्डेको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस्