News Portal

  • विद्यालय नजिक शंकास्पद वस्तु फेला, डिस्पोजको तयारी

    १४० पटक

    कपिलवस्तु । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ ।

    बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि सडक नै अवरुद्द भएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार शंकास्पद वस्तु भेटिएपछि नेपाल आर्मीको टोलीले डिस्पोजको तयारी गरेको छ ।

    शिवराज १ मा रहेको सरस्वती आधारभूत विद्यालयदेखि ३ सय मिटरको दूरीमा राखिएको शंकास्पद वस्तुले स्थानीयलाई समेत त्रसित गराएको छ ।

    प्रतिकृया दिनुहोस्