आज :

प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस हुँदै, अब नियमित गर्नुपर्ने चिकित्सकको सुझाव

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो पटक डायलाइसिस हुदैछ ।

उनी डाइलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । बुधबार र बिहीबार पनि उनको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।

रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । १२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले नियमित डायलासिस गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal