
गुल्मी । चन्द्रकोटमा एक महिला र दुई बालबालिकाको शव फेला परेको छ ।
चन्द्रकोट गाउँपालिका-३, हर्राचौरमा शनिबार बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अन्दाजी २७ वर्षिय महिला तथा अन्दाजी ७ र ११ वर्षिय २ बालिकाको शव भेटिएको छ ।
महिलाको शवबाट २ सय र २ सय ३० मिटरको दुरीमा ती बालिकाको शव भेटिएको हो । घटनास्थल सदरमुकामबाट झण्ढै ६ घण्टाको सवारी दुरीमा रहेको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । थप विवरण आउन बाँकी छ ।