
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षागार्ड जुवाखालबाट पक्राउ परेका छन् । प्रधानमन्त्रीको सुरक्षामा खटाइएका नेपाली सेनाका सेनानी (मेजर) समेत रहेका सुरक्षागार्ड राजेन्द्र शाहीलाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग गोंगबुले काठमाडौँको नयाँ बसपार्कबाट शाहीसहित सहित ८ जना जुवाखालबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट एक लाख ५९ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
प्रहरीले शाहीसँगै पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेका छन् । हाल हिरासतमा रहेका शाहीले प्रहरीसँगको बयनमा आफू प्रधानमन्त्रीको सुरक्षागार्ड भएको बयन दिएका छन् ।