आज :

राजधानीमै नेकपाका कार्यकर्ता मशाल जुलुससहित सडकमा (भिडियोसहित)

काठमाडौं । प्रतिबन्धबीच नेपाल कम्युनिस्ट पार्टीले पार्टीका कार्यकर्ताहरुले मशाल जुलुससहित प्रदर्शन गरेका छन् । पार्टी केन्द्रले घोषणा गरेका संघर्षका कार्यक्रमअनुसार शुक्रबार साँझ राजधानी काठमाडौंसहित देशभर मशाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तारीविरुद्ध चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो ।

नेकपा काठमाडौंले काठमाडौंका सोह्रखुट्टे गोंगबु चोकसहित दर्जन स्थानमा मशाल जुलुससहित प्रदेशन गरेको छ । नेकपा कार्यकर्ताहरुले गिरफ्तार नेता-कार्यकर्ता रिहा गर, दलाल सरकार-मुर्दाबाद, नेपाल कम्युनिस्ट पार्टी-जिन्दाबाद,एकिकृत जनक्रान्ती -जिन्दाबादजस्ता नारा लगाएर सडकमा निस्केका थिए ।

साँझ भएपनि सडकमा यातायातका साधन चलिरहेका थिए । नेकपाका कार्यकर्ताले नारा लगाइरहँदा यात्रुहरुले साधन रोकेर हेरिरहेका थिए ।

घोषित कार्यक्रमअनुसार अब कात्तिक १७ गते आइतबार विहान एकघण्टा चक्का जाम गर्ने कार्यक्रम रहेको छ ।

नेकापले कात्तिक ३ गतेदेखि संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पुत्ला दहन, कार्तिक ९ गते विरोध प्रदर्शन, कार्तिक १५ गते मसाल जुलुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रहरीले असोज ३० गते नेकपाको राप्ती ब्यूरोको बैठकमा छापा मारेर वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता-कार्यकर्ताहरूलाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal