आज :

अखिल क्रान्तिकारीद्वारा राजधानीमै प्रधानमन्त्रीको पुत्‍ला दहन

काठमाडौँ  । अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले राजधानी उपत्यकासहित देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

शान्तिपूर्ण राजनीति गतिविधिमा प्रतिबन्ध लगाएको, देशभर धरपकड र गिरफ्तारी जारी राखेको भन्दै अखिल क्रान्तिकारी काठमाडौं जिल्लाले पुत्ला जलाएको छ । काठमाडौंका करिब दर्जन स्थानहरुमा प्रधानमन्त्रीको पुत्ला जलाएको अखिल क्रान्तिकारी काठमाडौंले जनाकारी दिएको छ ।

शैक्षिक माफियालाई संरक्षण गरेको, मेडिकल शिक्षाको शूल्क बढाएको, शिक्षामा भइरहेको दलालीकरणलाई बढवा दिएको भन्दै अखिल क्रान्तिकारी संघर्षमा छ ।

उता नेकपाले पनि दाङ घटनाको विरोधमा देशभर संघर्षका कार्यक्रम संचालन गरेको छ । कात्तिक ३ गतेदेखि १७ गतेसम्म जारी रहने संघर्षका कार्यक्रममा कोणसभादेखि प्रधानमन्त्रीको पुत्ला जलाउने चक्का जामसम्म रहेका छन् ।

असोज ३० गते नेकपाको राप्ती ब्यूरोको बैठक स्थलालाई घेरा हालेर मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंग, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्जसहित २१ नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो । उक्त घटनाको विरोधमा नेकपाले देशभर संघर्षका कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal