आज :

भारत-पाकिस्तान लडाइँः पदमबहादुर र गामिल कुमार श्रेष्ठको मृत्यु, को हुन् उनीहरु ? 

काठमाडौं । भारत–पाकिस्तानबीच फेरि लडाइँ भएको छ । भारतले पाकिस्तान नियन्त्रित कश्मीरमा भारतीय सेनाले आक्रमण गरेपछि लडाइँ सुरु भएको थियो ।

भारतले गरेको आक्रमणको पाकिस्तानले जवाफी कारवाही गरेको छ । पाकिस्तानी सेनाको कारवाहीमा परी दुईजना भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

तर, पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा भारतीय सैनिकका कमाण्डरसहित ९ जनाको मृत्यु भएको दाबी गरेको छ । पाकिस्तानले भारतीय सेनाको बंकर समेत ध्यस्त पारेको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरका अनुसार भारतले जुरा, शाहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरेर सर्वसाधारण नागरिकलाई निशाना बनाएको थियो ।

भारतीय सेनाले पनि पाकिस्तानले युद्धबिराम उलंघन गरेकोले कारवाही गरिएको बताएको छ । भारतीय सेनाले पनि जारी गर्दै पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी गरेको छ ।

सो क्षेत्रमा अझै तनावपूर्ण अवस्था छ । भारतीय संचारमाध्यमहरुले मृतक भनेर प्रचार गरिएको पदमबहादुर श्रेषठ र गामिल कुमार श्रेष्ठ नेपाली हुन सक्ने बताइएको छ । उनीहरु गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली हुन सक्ने बताइएपनि भारतले पुष्टी गरेको छैन । दुबै जना श्रेष्ठ भएकोले नेपाली हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal