आज :

नेकपाका युवा नेता पुस्कर रिहा 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता घनश्याम श्रेष्ठ ‘पुस्कर’ रिहा भएका छन् । नेकपाका कोशी ब्यूरो संयोजक समेत रहेका पुस्कर शुक्रबार रिहा भएका छन् ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि पुनः गेटबाटै गिरफ्तार गरिएका पुस्करलाई मोरङ जिल्ला अदालतकाे आदेशमा रिहा भएका हुन् । प्रहरीले बुधबार सर्वोच्च गेटबाटै गिरफ्तार गरेर मोरङ पुर्याएको थियो ।

नेता पुस्करलाई गत चैत्र १० गते मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको थियो । प्रहरीले राजद्रोहसँगै बिस्फोट र चन्दा असुलीको आरोप लगाएर हिरासतमा राखेको थियो । तर अदालतले प्रहरीले लगाएको आरोप पुष्टी हुन नसक्ने भन्दै पटकपटक रिहाईको आदेश दिँदै आएको थियो ।

त्यसपछि उनलाई अदालतले पटकपटक रिहा गर्न आदेश दिए पनि प्रहरीले गिरफ्तार गर्दै आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal