आज :

मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । सुनकोशी गाउँपालिका-२ दुम्जास्थित बिपी राजमार्गको साँदी टोट्लीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिकाका २८ वर्षिय नवीन विसुङ्खेको मृत्यु भएको छ । घाइते उनलार्ई उपचारका लागि धुलिखेल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाबाट काठमाडौंतर्फ आइरहेको मे १ ख ३१८२ नं.को यात्रुबाहक बसले काठमाडौंबाट उदयपुरतर्फ गइरहेको बा ६८ प ८५४८ नं.को मोटरसाइकललाई सुनकोशी गाउँपालिका-२ साँदीमा ठक्कर दिएको हो ।

बस चालकलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal