आज :

धारिलो हतियारले हानेर एक महिलाको हत्या, २ जना गम्भीर घाइते

हेटौंडा । बकैया गाउँपालिका-३ जलजलेका सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रयोग गरी छिमेकी एक महिलाको हत्या गरेका छन् ।

बुधबार राति बकैया गाउँपालिका-३ जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षिय सन्तमायालाई सोही ठाउँ बस्ने ५० वर्षिय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते भएकी लोको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो । सामान्य भनाभनको क्रममा आवेगमा आएका पाख्रिनले धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरेको प्रहरीको भनाइ छ ।

त्यसैगरी धारिलो हतियार प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा मृतकका श्रीमान ५५ वर्षिय कालबहादुर लो र स्थानीय २६ वर्षिय दिधिमाया मोक्तान रहेका छन् ।

उनीहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले हतियारसहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal