आज :

सबै प्रदेशमा ट्रमा सेन्टर खोल्ने : राज्यमन्त्री यादव

काठमाडौं । सरकारले दुर्घटना तथा अन्य घटनाका कारण गम्भीर घाइते हुनेहरुको उपचारका लागि सातै प्रदेशमा ट्रमा सेन्टर खोल्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताए ।

मुलुक संघीयतामा गइसकेकाले त्यही अनुसारको स्वास्थ्य संस्था स्थापना गर्न सरकार लागि परेको उनको भनाई छ । विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको जानकारी दिए ।

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको पनि दोर्होयाए ।

उनले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको स्पष्ट पारे । उनले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्वस्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal