आज :

एनआरएनएको मतदान शुरू

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।

काठमाडौंको होटल हायातमा भइरहेको चुनावमा अघोषित प्यानलसहित दुई पक्षीय भिडन्त भएको हो । दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

एनआरएनको विधानले भने प्यानलसहित चुनावी प्रतिष्पर्धामा जान पाइदैन । संघको चार उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

महिला एक उपाध्यक्षका लागि २ जना, एक महासचिव पदका लागि २ जना, सचिव २ जनाका लागि ७ जना, कोषाध्यक्ष एक पदका लागि ३ जना र सह–कोषाध्यक्ष एक जनाको लागि २ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal