News Portal

  • अटोलाई ट्याक्टरले ठक्कर दिँदा १ जना घाइते

    ३०० पटक

    कैलाली । खैरानामा भएको सवारी दुर्घटनामा परी एक जना गम्बिर घाईते भएका छन् ।

    पुर्वबाट पश्चिमतर्फ आईरहेको से १ त २४२६ नं.को ट्याक्टरले सोही दिशाबाट आईरहेको लु १ स ४४६७ नं.को अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार १ जना घाईते भएका छन् ।

    घाईते गोदावरी नगरपालिका ७ हरैयाका भिम बहादुर बिष्ट रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    घाईतेको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि अहिले कोहलपुर रिफर गरिएको छ । उनको टाउको र खुट्टमा चोट लागेको छ । ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्