आज :

मृगौला तस्करीमा संलग्न ५ जना पक्राउ

काठमाडौं । मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चिकित्सक र मृगौला लिने व्यक्ति गरी ५ जना पक्राउ परेका छन् ।

उनीहरु गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत अधिकृत ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत, सोही अस्पतालका कानुन अधिकृतसमेत हुन् ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालय कार्यरत अधिकृत रामचन्द्र आले, मृगौला प्रत्यारोपण गर्ने निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान, कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा. राजेश पन्त र लामा छन् ।

दुवै मृगौला फेल भएपछि लामाका आफन्तले काभ्रेका ३७ वर्षिय एक युवकलाई ३ लाख रुपैयाँ दिएर मृगौला किनेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal