
काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहामा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरीको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका-५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २४ वर्षिय मुनेशकुमार सिंह र २८ वर्षिय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो ।
स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको छ ।
दुवै जनाले प्रयोग गरेको स ३ प ७६०८ नं.को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।