आज :

बीरजंगसहित नेकपाका २१ जना गिरफ्तार, राप्ती ब्यूरो बैठकमा प्रहरीको घेरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सहित प्रहरीले २१ जना नेताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीले दाङको राजपुर गाउँपालिका-४ बाट मध्ये राती सबैलाई गिरफ्तार गरेको हो ।

प्रहरीले नेकपाका राप्ती ब्यूरो इन्चार्ज  केसबहादुर बाठा ‘सुवास र अन्य नेताहरुलाई गिरफ्तार गरिएको बताएको छ । प्रहरीले नेकपा निटक युवा संगठनका अध्यक्ष पाटन जंगलीलाई पनि गरफ्तार गरेको छ ।

दाङ प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी विनोदविक्रम शाहका अनुसार बैठक बसिरहेको बेला प्रहरले राति सबैलाई गिरफ्तार गरेको हो । उनीहरुलाई जिल्ला सदरमुकाम ल्याइँदैछ । शाहले प्रहरीले २१ जना गिरफ्तार गरेको पुष्टी गर्दै सबैको पहिचान खुल्न नसकेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal