आज :

त्रिविको बजेटभन्दा बढी बेरुजु, आन्तरिक लेखा परीक्षण शुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ ।

त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो । महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१ वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ ।

हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ ।

‘उपत्यकाका सबै निकायको ९ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भने, ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषदमा पेस गर्ने तयारी भइरहेको छ ।’

त्रिविले करिब ८५ करोड रुपैयाँबराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ । करिब ९ करोड रुपैयाँ बढी खर्च भएकोमा ७ करोड बराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषलमा पेस गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal