
सुनसरी । इटहरीमा भएको स्कुटी दुर्घटनामा एकको मृत्यु भएको छ ।
इटहरीबाट धरान जाँदै गरेको स्कुटीलाई सोही दिशाबाट आइरहेको बसले ठक्कर दिँदा स्कुटीको पछाडि सवार ६१ वर्षिय कालिमाया राईको मृत्यु भएको हो ।
को २१ प २३६१ नम्बरको स्कुटीलाई को १ ख १९३० नम्बरको बसले ठक्कर दिँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । स्कुटी चालक मृतकका पति जयबहादुर राई सामान्य घाइते छन् । बस चालकलाई नियन्त्रणमा लिइएको छ