आज :

नेकपाको चियापानमा पाहुनालाई चिया र खाजाको व्यवस्था

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिरहेको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको चियापान कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुभकामना मन्तब्य दिएका छन् ।

अध्यक्षद्वयले चियापानका लागि १ लाखलाई निमन्त्रणा कार्ड पठाएका थिए । जसमा दलका नेता, संवैधानिक तथा अन्य सरकारी अंगका प्रमुख, पत्रकार, नेपालस्थित विदेशी कूटनीतिज्ञ र नेकपाका कार्यकर्ता तथा सर्वसाधरणको भृकुटीमण्डपमा बाक्लो भीँड लागेको छ ।

नेकपाले शुभकामना कार्यक्रममा ५० हजार जना उपस्थित हुने अनुमान गरेको छ । नेकपाले पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले भोलि अपराह्न १२ देखि ३ बजेसम्म चियापानको व्यवस्था गरेको छ ।

भीभीआईपी, भीआईपी, कूटनीतिक नियोगका अधिकारीसहितलाई दिउँसो ३ देखि ५ बजेसम्म समय तोकिएको छ । के छ खाजा शुभकामना कार्यक्रममा आउनेलाई नेकपाले चिया र खाजा व्यवस्था गरेको छ । चिया र खाजाको व्यवस्थापन आम्रपाली ब्याङ्क्वेटलाई दिइएको छ । नेकपाले भीआईपी र सर्वसाधणलाई चिया-खाजा कप र प्लेट फरक फरक राखिएको छ ।

सर्वसाधारण र नेकपाका नेता कार्यकर्तालाई प्लास्टिकको कप र प्लेटमा खाजा दिइएको छ । खाजाका परिकारमा केरासहितका फलफूल, लड्डु, बर्फी, निम्की र स्याण्डविच राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal