आज :

५० शैयाको न्यूरो तथा ट्रमा सेन्टर सञ्चालन

बुटवल । पहिलो पटक बुटवलमा न्यूरो तथा ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगरपालिका-८ को सुख्खानगरमा तिनाउ इन्टरनेशनल हस्पिटल प्राइभेट लिमिटेडले न्यूरो तथा ट्रमा उपचारको सेवा सुरु गरेको हो ।

चिकित्सकसहित विभिन्न क्षेत्रका १५ जना व्यक्तिहरुको समूहले १६ करोडको लगानीमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी दिए ।

५० शैया क्षमता रहेको अस्पतालले २४ शैयाको प्रारम्भिक स्वीकृति पाएको छ । न्यूनतम मापदण्ड पूरा गरी अस्पताल सञ्चालनमा आएको र अस्पताल पूर्णरुपमा वातावरण अनुकुलित रहेको उनले बताए ।

हाडजोर्नी तथा ट्रमा सेवा, नशा तथा स्पाइन सर्जरी, न्यूरो सर्जरी, जनरल फिजिसियन, स्त्री रोग तथा प्रसुतिलगायतका सेवा प्रदान गर्ने अस्पतालले बताएको छ ।

अस्पतालमा १४ जना चिकित्सक रहेका छन् ।  ट्रमाका कारण हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न अस्पतालबाट प्रदान गरिने सेवाले सहयोग पुर्याउने वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.योगेन्द्र अग्रहरीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal