आज :

चिर्पट प्रहार गरी ससुराको हत्या गर्ने बुहारी पक्राउ

काठमाडौं । घरायसी विवादमा ससुराको हत्या गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्थली नगरपालिका-१२ को गेलु बस्ने ६५ वर्षिय डिकबहादुर आछामीको हत्या गर्ने २१ वर्षिय बुहारी पार्वती आछामी (सार्की) पक्राउ परेकी हुन् ।

मगंलबार घरमा बुहारी र ससुरा मात्रै रहेको समयमा बुहारीले चिर्पट प्रहार गरेर ससुराको हत्या गरेकी थिइन् । ससुराको हत्यापछि उनले गाउँमा ससुरा मृत अवस्थामा भेटिएको भन्दै होहल्ला गरेकी थिइन् ।

प्रहरीले घटनास्थलको प्रकृति हेर्दा मृतक डिकबहादुरको हत्या भएको आशंका गरेपछि बुहारी पार्वती आछामीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा उनले चिर्पट प्रहार गरी ससुराको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ

मृतक डिकबहादुरका ३ छोराहरु रोजगारीको सिलसिलामा देशबाहिर रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal