आज :

विहानै नेकपाका नेता बुढामगर गिरफ्तार

प्युठान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेतालाई प्रहरीले विहानै गिरफ्तार गरेको छ । प्रहरीले बुधबार विहानै नेकपाका नेता रत्न थापामगरलाई घरबाटै गिरफ्तार गरेको हो ।

प्युठान नगरपालिका-३ स्थित आफ्नै घरमा रहेका थापामगरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको परिवारले जनाएका छन् । अपहरणशैलीमा गिरफ्तार गरेर लगेको भन्दै परिवारले त्यसबारे प्रहरीले आफूहरुलाई कुनै जानकारी नदिएको परिवारको  भनाई ।

गिरफ्तारको नेकपा प्युठानले विरोध जनाएको छ ।

यसअघि नेकपा अर्का जिल्ला नेता केशब बुढामगरलाई असोज २१ गते गिरफ्तार गरेको थियो । गिरफ्तारीको विरोधमा नेकपा प्युठानले विज्ञप्ति जारी गरेर विरोध जनाएको साथै रिहाईको माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal