आज :

२ जना राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावाफुटी शेर्पाले आ-आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित रहेका थिए ।

यसअघि, नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal