आज :

महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सांसद कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपकुमार दाहालको इजलासले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार अदालतमा पेश गरेपछि शुक्रबारसम्मका लागि म्याद थप गरिएको हो । अदालतले अब महरालाई आइतवार अदालतमा उपस्थित गराउन भनेको छ । थप गरिएको म्याद शुक्रबार सकिन्छ । शनिबार सार्वजनिक बिदा भएकाले अब महरालाई आइतवार अदालतमा पेश गरिनेछ । उनी अब अझै ५ दिन प्रहरी हिरासतमा रहनेछन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहँदा बिरामी भएपछि उनलाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ । गत असोज १९ गतेदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका उनीविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान पूरा गरिसकेको जनाएको छ ।

दशैँ बिदासहित १० दिन उनले प्रहरी हिरासतमा बिताइसकेका छन् । सरकारी पक्षले अबको तीन दिनभित्र अनुसन्धान पूरा गर्ने मागसहित जिल्ला अदालतसमक्ष यस्तो माग गरेको थियो । संसद सचिवालयकी कर्मचारीमाथि उनकै कोठामा गएर बलात्कार गरेको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिइसकेका छन् भने सांसद पदबाट पनि निलम्वित अवस्थामा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal