आज :

अमेरिकाद्वारा टर्कीमाथि आर्थिक प्रतिबन्ध

काठमाडौं । सिरियाली कुर्द लडाकूहरूविरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्तराज्य अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्तराज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिकरूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।

राष्ट्रपति ट्रम्पका रिपब्लिकन सांसदहरूलेसमेत ‘इस्लामिक स्टेट’ समूहविरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन् । टर्कीसँग छलफल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स अंकारा जान लागेका छन् । अमेरिकाले टर्कीका दुईओटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरूसमेत रोकेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेको उपराष्ट्रपति माइक पेन्सले बताएका छन् ।

टर्कीले केहीयताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन् । ‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्’-ह्वाइट हाउसमा बोल्दै पेन्सले बताएका छन् ।

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुनसक्ने आशंका गरिएको छ । सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal