
काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त भएका छन् ।
संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । मानव तस्करीको आरोप लागेपछि यसअघिकी राजदूत लक्की शेर्पाले गएको पुसमा राजीनामा दिएकी थिईन् ।