News Portal

  • विमानस्थलबाट सांसद साह पक्राउ

    २७९ पटक

    काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् ।

    मंगलबार दिउँसो सांसद साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको हुन् । उनले आफू पक्राउ परेको जानकारी फेसबुकमार्फत गराएका छन् ।

    सोमबार उनले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार उजुरी दर्ता भएको थियो ।

    उजुरी दर्तापछि धनुषा प्रहरीले उनलाई पक्राउ गर्न महानगरीय प्रहरी परीसर काठमाडौंलाई पत्र काट्को थियो । पत्र काटेको केही समयमा नै प्रहरीले उनलाई पक्राउ गरेको छ । सांसद साह पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

    प्रतिकृया दिनुहोस्