
काठमाडौं । नेपाल क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका हुन् । ‘नेपाल क्रिकेटको निलम्बन हटाएको थाहा पाउँदा खुशी लाग्यो’, उनले भने,‘नयाँ टिमले नयाँ काम शुरु गर्नका लागि मैले कप्तान पदबाट राजीनामा दिएको छु ।’ उनले नयाँ टिममा संलग्न सबैले प्रतिबद्ध भई स्पष्ट दृष्टिकोण राख्नुपर्ने बताए ।