आज :

एनआरएनको नवौं महाधिवेशन सुरु, नयाँ नेतृत्व निर्वाचित गर्दै 

काठमाडौं  गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन सुरु भएको छ । नयाँ नेतृत्व चयन गर्न एनआारएनको  नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको हो ।

विश्‍वका विभिन्न देशहरुमा रहेका नेपालीहरुले संगठन एनआरएनको नयाँ नेतृत्वको लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्य मैदानमा छन् । एनआरएनमा यसअघि खुलेर दलीय पक्षधरता नलिए पनि यसपटक भने वामपन्त र लोकतान्त्रिक भन्दै खुलेरै प्यानल बनाइएको छ । पन्त वामपन्थी र आचार्य लोकतान्त्रिक समूहबाट प्यानलसहित चुनावमा उत्रेका छन् ।

दुईदिनसम्म चल्ने अधिवेशनमा ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ ।

महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्न एनआरएनलाई अपील गरेकी छन् । उनले आन्तरिक र बाहृय वातावरण लगानीका लागि योग्य रहेकाले ढुक्क भएर लगानी गर्न आश्वासन समेत दिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal