आज :

जुवा खेलिरहेका ५ जना जुवाडे पक्राउ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडे पक्राउ परेका छन् ।

जुवातास लक्षित अभियान अन्तर्गत शुक्लाफाटा नगरपालिका वार्ड नं.११ कलुवापुर स्थित हिरा ऐरको घरबाट आइतवार ५ जनालाई जुवाखालबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक कृष्णा नन्द भट्टले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक भट्टका अनुसार शुक्लाफाँटा नगरपालिकाका धन बहादुर महत्ता, मदन बहादुर विष्ट, दिपक बहादुर ऐर, सन्तोष नाथ र नन्दलाल पन्त रहेका छन । पक्राउ पर्ने धन बहादुर महत्ता र मदन बहादुर विष्ट प्रहरी रहेको खुलेको छ ।

‘चाडपर्वसँगै जुवातास खेल्ने र खेलाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाएका छौं,’उनले भने । चाडपर्व नजिक आइरहेको अवस्थामा प्रहरीले बजार क्षेत्रमा निगरानी र गस्ती गरिरहेको छन् । जुवातासमा संलग्नलाई कारवाही गर्न थालेपछि दैनिक उनीहरुले ठाउँ परिवर्तन गर्न थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal