आज :

मोटरसाइकल नहरबाट खस्दा च्यापिएर चालकको मृत्यु

कञ्चनपुर । बेलडाँडी गाउँपालिका-३ बैवाह वनपुरुवामा मोटरसाइकलले किचेर एक जनाको मृत्यु भएको छ ।

बेलौरी नगरपालिका-१० भुडा हुँदै बेलडाँडी गाउँपालिका-५ झिलमिला जाने क्रममा म १ प ९९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई नहरदेखि तल खस्दा मोटरसाइकलले च्यापिएर चालक ३५ वर्षिय हँशु खड्काको घटना स्थलमै मृत्यु भएको हो ।

भुडादेखि खेती गर्नका लागि मोटर साइकलमा ३ बोरा रासायनिक मल ल्याएर झिलमिला फर्किने क्रममा नहरको बाटोमा भएका खाल्डालाई छल्न खोज्दा मोटरसाइकल नहरबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जानकारी गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal