
काठमाडौं । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटमा १५ जना घाइते भएका छन् भने दुई तले घरमा ठूलो क्षति पुगेको छ । भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ ।
उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै तत्काल सबै सम्भाव्य उपाय अवलम्बन गरी उद्धार र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।