आज :

मोटरसाइकलको ठक्करबाट घाइते राईको मृत्यु

पाँचथर । गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम-२ का एक व्यक्तिको सोमबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम-२ का दलकर्ण राई रहेका छन् । उनको नोभेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

गत असोज १७ गते बा ५२ प ६२०६ नं.को मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक फिदिम-४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal