आज :

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कैलाली । श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका-१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२१ गते कुटपिट भएको भएपनि प्रहरीलाई २४ गते मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

आफ्नै घरमा परपुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेको प्रहरीले जनाएको छ । श्रीमानको कुटाइबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगन्ज पठाइएको थियो ।

उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनका श्रीमान धिरेन्द्रलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए । उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छाडेको छ । धिरेन्द्रलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal