आज :

राजविराज नगरपालिका वडासदस्यको शोकमा बन्द

राजविराज । आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरेको छ ।

राजविराज नगरपालिका-१२ का वडासदस्य शिवनारायण यादव (शिवु) को निधनप्रति शोक व्यक्त गरेको हो । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गरी उनको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाएको छ ।

वडासदस्य यादवको निधनप्रति शोक जनाउन आज राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजविराज नगरपालिका-१२ का वडासदस्य ६५ वर्षिय यादव (शिवु) को शुक्रबार निधन भएको थियो । उनी लामो समयदेखि बिरामी थिए । स्थानीय निकायको निर्वाचनमा राजपा नेपालबाट उनी वडासदस्य पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal