आज :

पत्रकार बोहोरा उपचारमा आर्थिक अभाव, पत्रकारले सुरु गरे ‘एकहजार’ अभियान

काठमाडौं । पत्रकार अर्जुन बोहोरालाई उपचारको लागि न्यूरो अस्पतालमा भर्ना गरिएको छ । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष समेत रहेका बोहोरा थप उपचारको लागि काठमाडौँं ल्याइएको थियो ।

पत्रकार बोहोरा केही दिनदेखि नसा समस्याका कारण थला परेका थिए । हिटडुल र बोलचान गर्न नसक्ने अवस्थामा रहेका बोहोरालाई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरेर उपचार भइरहेको छ ।

हुम्लास्थित रेडियो कर्णाली आवाजका प्राविधिक प्रमुख समेत रहेका बोहोरा विभिन्न राष्ट्रिय मिडियाको हुम्ला संवाददाताको रुपमा क्रियाशील थिए ।

विगत जनयुद्धको क्रममा युद्ध पत्रकारिता समेत गरेका बोहोराको उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएका छन् । आर्थिक अभावकै कारण अस्पताले दिने सबै सेवा समेत उपलब्ध हुन सकेको छैन ।

श्रमजीबी पत्रकार बोहोराको उपचारको लागि सहयोग गर्न पत्रकारहरुले सबैलाई अपील समेत गरेका छन् ।

यसैबीच बोहोराको उपचारको लागि ‘एक हजार’ अभियान सुरु भएको छ । पत्रकार देविराम देवकोटाले आफूले एक हजार सहयोग गरेर अभियान सुरु गरेका हुन् ।  सोही अभियानमा सहभागी भएर पत्रकार दिपेन्द्र रावल, डोटीका पत्रकार कर्ण चन्दले पनि एकहजारको घोषणा गरेका छन् ।

सक्नेले बढी पनि गर्न सक्छन् तर सबै श्रमजीबी पत्रकारले एकहजार दिन सक्ने भएकोले अभियान थालिएको देवकोटाले बताए ।

बोहोराको लागि गरेको सहयोग रकम राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय हुम्लामा विष्णु बोहोराको नाममा रहेको खाता नम्बर ४१९०००४९२७१० मा जम्मा गर्न सकिने देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal